रुग्ण निर्माण आयोजनामा सरकारको कडाइ, ठेक्का तोड्ने प्रक्रिया तीव्र

       वर्षौँदेखि अलपत्र परेका विकास निर्माणका रुग्ण आयोजनामाथि सरकारले कडाइ थालेको छ । अन्तरिम सरकारले निष्क्रिय ठेक्का कम्पनीहरूविरुद्ध कारबाही अघि बढाउँदै सडक विभागमार्फत दुई सयभन्दा बढी ठेक्का तोड्ने प्रक्रिया तीव्र बनाएको हो ।

विभागका प्रवक्ता श्यामबहादुर खड्काका अनुसार १५ दिने स्पष्टीकरण अवधि सकिएपछि धेरै ठेकेदारले जवाफ नपठाएका कारण ठेक्का तोड्ने कार्य अघि बढाइएको हो । उनले चित्तबुझ्दो स्पष्टीकरण नदिएका र सम्पर्कमै नआएका ठेकेदारहरूको ठेक्का रद्द गरी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्ने तयारी भइरहेको बताए । केहीले भने काम पुनः सुचारु गर्ने प्रतिबद्धता जनाएकाले अवसर दिइने भएको छ ।

ठेक्का रद्द भएपछि नयाँ प्रक्रिया अघि बढाउन समय लाग्ने र कानुनी अड्चन आउन सक्ने विभागको भनाइ छ । ठेकेदारहरूले अदालत गए स्टे अर्डर आएमा प्रक्रिया रोकिन सक्ने सम्भावना प्रवक्ता खड्काले जनाए ।

यस कदमलाई विकास निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गर्ने सकारात्मक प्रयासका रूपमा लिइए पनि कानुनी र व्यावहारिक चुनौती यथावत् छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनका अव्यवहारिक प्रावधानले समस्या झन् जटिल बनाएको टिप्पणी गरे । उनका अनुसार ठेक्का तोडिएपछि बाँकी लागत ठेकेदारबाट असुल्ने प्रावधानले कानुनी विवाद निम्त्याउँछ ।

महासचिव रामशरण देउजाले रुग्ण आयोजनाका कारण पहिचान गरी न्यायसंगत ढंगले ठेक्का तोड्नुपर्ने सुझाव दिएका छन् । उनका अनुसार हचुवामा गरिएको निर्णयले राज्यलाई क्षतिपूर्तिको भारी पर्न सक्ने भएकाले नीतिगत सुधारसहित जिम्मेवार कार्यान्वयन अपरिहार्य छ ।

  • Related Posts

    • २०८२ पुष ९, बुधबार गते
    • 827 views
    • 0 minutes Read
    आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

    ९ पुस। जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श सुरु गरेका छन् ।…

    Read more

    • २०८२ मंसिर २८, आईतवार गते
    • 969 views
    • 0 minutes Read
    श्रीमती हराएको भन्दै उजुरी, छानबिनले खोल्यो श्रीमानकै संलग्नतामा हत्या

    २८ मंसिर । श्रीमतीको हत्या गरी बेपत्ता भएको नाटक रचेको अभियोगमा संखुवासभाको मादी गाउँपालिका निवासी प्रेम दोर्ची शेर्पा पक्राउ परेका छन्। प्रहरीका अनुसार प्रेम दोर्चीले ९ मंसिर राति करिब साढे…

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका पोस्टहरू

    आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

    • By careernepal
    • २०८२ पुष ९, बुधबार गते
    • 0
    • 827 views
    आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

    श्रीमती हराएको भन्दै उजुरी, छानबिनले खोल्यो श्रीमानकै संलग्नतामा हत्या

    • By careernepal
    • २०८२ मंसिर २८, आईतवार गते
    • 0
    • 969 views

    तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

    • By careernepal
    • २०८२ मंसिर ३, बुधबार गते
    • 0
    • 1507 views
    तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

    पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

    • By careernepal
    • २०८२ कार्तिक ३०, आईतवार गते
    • 0
    • 1417 views
    पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

    कुन मुला कहाँ, कसरी रोप्ने ?

    • By careernepal
    • २०८२ कार्तिक २५, मंगलवार गते
    • 0
    • 1525 views
    कुन मुला कहाँ, कसरी रोप्ने ?

    मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान

    • By careernepal
    • २०८२ कार्तिक २४, सोमबार गते
    • 0
    • 1554 views
    मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान