आजको राशिफल : तपाईंको सोमबार शुभ रहोस् !
आज सिद्धार्थी संवत्सर, शरद ऋतु र दक्षिणायनमा परेको सोमबार हो। मार्ग कृष्णपक्षको षष्ठी तिथि र पुनर्वशु नक्षत्र रहेको आज सूर्य बिहान ६:२२ मा उदाउनेछ भने बेलुकी ५:१२ मा अस्ताउनेछ। राहुकाल बिहान ७:४३ देखि ९:०४ बजेसम्म रहनेछ, यस समयमा शुभकार्य नगर्न सिफारिस गरिन्छ।
मेष: आर्थिक लाभका नयाँ स्रोत भेटिनेछन्। परिवारसँग समय बिताउँदै रमाइलो हुने दिन हो। लगानी तथा व्यवसायमा राम्रो नाफा मिल्ने संकेत छन्।
वृष: व्यापारमा राम्रो लाभ पाउने सम्भावना छ। काममा सफलता र प्रतिष्ठा बढ्नेछ। अध्ययनमा न्यून प्रयासमै राम्रो उपलब्धि मिल्नेछ। प्रेम सम्बन्धमा नजिकिने मौका आउनेछ।
मिथुन: लगानी गर्दा तत्काल फाइदा नदेखिए पनि भविष्यका लागि उपयोगी हुनेछ। आर्थिक चाप बढ्न सक्छ, खर्चमा नियन्त्रण आवश्यक छ। परिवारमा केही विवाद सम्भव छ।
कर्कट: अनावश्यक खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सचेत रहनुहोस्। तर, विदेशी व्यापार वा संस्थामा कार्यरतका लागि दिन लाभदायी रहनेछ।
सिंह: आर्थिक निर्णयमा सावधानी अपनाउनुहोस्। पारिवारिक सम्बन्धमा तिक्तता आउन सक्छ। पढाइमा ध्यान कम हुने सम्भावना छ।
कन्या: नयाँ काम सुरु गर्न अनुकूल समय छ। अध्ययन र करियरमा प्रगति हुने संकेत छन्। साथीभाइको साथले मनोबल बढ्नेछ।
तुला: धार्मिक र परोपकारी काममा मन लाग्नेछ। सरकारी काम सहजै सम्पादन हुनेछन्। अध्ययन र यात्राका अवसरहरू प्राप्त हुने सम्भावना छ।
वृश्चिक: व्यापारमा घाटा र सम्बन्धमा तानाबाना आउन सक्छ। स्वास्थ्य र मनस्थिति दुवैमा उतारचढाव रहनेछ।
धनु: लगानी र उद्योगमा राम्रो नतिजा मिल्नेछ। शुभचिन्तकको सहयोगले आत्मविश्वास बढ्नेछ। प्रेम जीवनमा मिठास आउनेछ।
मकर: विवाद र रोगबाट मुक्ति मिल्नेछ। आर्थिक स्थिति मजबुत बन्दै जानेछ। प्रेम र पारिवारिक जीवन सुखद रहनेछ।
कुम्भ: बुद्धिको प्रयोगले नयाँ अवसरहरू खुल्नेछन्। नजिकका मानिसबाट सहयोग पाइनेछ। आर्थिक पक्ष मजबुत बन्नेछ।
मीन: पढाइ र काममा ध्यान कम हुन सक्छ। कृषि वा पशुपालनमा सुधारका प्रयास सफल हुनेछन्। सामान्य विवादका बाबजुद दिन मध्यम रहनेछ।
👉 तपाईंको सोमबार शुभ रहोस् !

