रास्वपा फुटाउने सपना पूरा हुँदैन : रवि लामिछाने

२७ वैशाख। रवि लामिछाने ले पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी स्वीकार्य नहुने बताएका छन् ।ललितपुरमा आयोजित रास्वपाका सांसदहरूको दुईदिने प्रशिक्षण कार्यक्रमको समापनका क्रममा उनले सांसदहरूलाई व्यक्तिगत समूह वा पक्षमा विभाजित भएर राजनीति नगर्न आग्रह गरे ।उनले पार्टीभित्र ‘फलानो नेताको मान्छे’ भन्ने चर्चा चलाउने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने भन्दै त्यस्ता गतिविधि तुरुन्त रोक्नुपर्ने बताए ।लामिछानेले आफूहरू केवल एक कार्यकालका लागि होइन, देशको भविष्य बदल्ने उद्देश्यसहित एउटै यात्रामा जोडिएको उल्लेख गरे । व्यक्तिगत स्वार्थलाई मुद्दा बनाएर अघि बढ्ने सोच पार्टीमा स्वीकार्य नहुने उनको भनाइ थियो ।

उनका अनुसार नेपालको राजनीतिक इतिहासमा विगतमा नेताहरूबीचको असहमतिकै कारण देशले ठूलो क्षति बेहोरेको छ । त्यसैले अहिले फेरि त्यही गल्ती दोहोरिन नदिने उनको प्रतिबद्धता थियो ।

उनले प्रधानमन्त्रीसँगको सहकार्य व्यक्तिगत फाइदाका लागि नभई राष्ट्रिय उद्देश्यका लागि भएको स्पष्ट पारे ।

पार्टी फुट्ने आशा राखेर विभिन्न समाचार र टिप्पणी आउने गरेको भन्दै उनले त्यसप्रति असन्तुष्टि जनाए । रास्वपा नेतृत्व अहिले राजनीतिक रूपमा परिपक्व अवस्थामा रहेको दाबी पनि उनले गरे ।

अर्को प्रसंगमा उनले सुकुमवासीहरूको समस्या समाधानका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए । कसैलाई पनि घरबारविहीन बनाउने नीति सरकारको नभएको उनको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *