लिस्बन विमानस्थलबाट पोर्चुगलको आवास अनुमति भिसा (TRC) रद्द गरि पोर्चुगल नै फर्काईएको भनिएको खबर झुटो भएको ठहर भएको छ ।गैरआवासीय नेपाली संघ, रास्ट्रिय समन्वय परिषद्, पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले एक विज्ञप्ती जारी गर्दै उक्त हल्ला एक अफहवा मात्रै भएकाले त्रसीत नहुनको लागी पोर्चुगलमा रहेका नेपाली समुदाय समक्ष आग्रह गरेका छन् ।
विज्ञप्तीमा उनले भनेका छन्– “ नेपाली यात्रु र विमानस्थलका अध्यागमन विभागका अधिकारीहरु संग १८ सेप्टेम्बर देखि निरन्तर यो बिषयमा छलफल भयो, १७ सेप्टेम्बर २०२५ का दिन नेपालको यात्रा गर्दै गर्ने क्रममा बोर्डिङ पास लिएर, राहदानी जाँच र प्रस्थानको छाप लगाउने डेस्कमा पुगेसी अध्यागमन विभागका कर्मचारीले नाम परिवर्तित (रितेस पल)लाई केहि प्रश्नहरु गरेका रहेछन। यात्रुहरूको सुरक्षाको लागि अध्यागमन विभागका कर्मचारीहरूले प्रश्नहरू गर्नु सामान्य पनि हो। रितेस Departure प्रस्थानको छाप राहदानीमा लगाएपछि विमान प्रस्थानको गेटमा पुगे तर टर्किस एयरलाइन्सको उडान पहिले नै प्रस्थान गरिसकेको थियो। यसकारण उडान छुट्न गयो र रितेस घरमा फर्किएको रहेछ ।” उनले थपेका छन्, , उनी प्लेन छुटेका कारण फर्कनु परेको थियो। त्यसैले, पोर्चुगलवासी नेपालीहरु तपाईहरुले टिकेट खरिद गरिसक्नु भएको छ भने यसलाई रद्द नगर्नुहोला।”
यात्रुको वास्तविक घटना भन्दा फरक घटना तयार पारी पर्यटन क्षेत्रका ब्यबसायीहरु र पोर्चुगलनिवासी नेपालीहरुलाई त्रसित र दुखित बनाउने संदेश प्रबाह गरेकोमा उनले त्यस्तो झुटो अफहवा फैलाउनेहरु लाई सत्यतथ्य बुझेर मात्रै सुचना दिनुहुन आग्रह गरेका छन्। भ्रम फैलाउने कुनै गिरोह लागेको पनि उनको भनाई छ। ट्राभल ब्यबसायी, नेपाली यात्रु महानुभाबहरु बिच एकार्कामा सहकार्य गर्नको लागी पनि उनले आग्रह गरेका छन्।
गैरआवासीय नेपाली संघ पोर्चुगलको मुख्य उद्देश्य पोर्चुगलबाट नेपाल यात्रा गर्ने नेपाली यात्रुहरूलाई सहयोग गर्नु, उनीहरूको यात्रालाई सुरक्षित, आरामदायी र सहज बनाउनु, पोर्चुगलमा रहनुहुने नेपालीहरुलाई सिपमुलक तालिमको ब्यबस्था गर्नु, पोर्चुगिस भाषाको निसुल्क ब्यबस्थाका पहल गर्नु, साथै पर्यटन व्यवसायलाई आत्मविश्वासी बनाउदै पर्यटन क्षेत्रमा अतुलनीय सहयोग पुर्याउनु रहेको अध्यक्षले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
साथै , ठग र दलालहरुको संयोजक दीपा कफ्लेद्वारा लिएको यूरो ५० रकम पनि फिर्ता गरिने भएको छ र आगामी दिनमा यसरी पिडित लाई रकम नलिन गैरआवासीय नेपाली संघ पोर्चुगलले अनुरोध गरेको छ ।








