सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्यमा मंगलबार उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिन सोमबारको तुलनामा उल्लेख्य रूपमा बढी हो। सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ४३ हजार ०५५ रुपैयाँ रहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, १० ग्राम चाँदीको मूल्य पनि बढेर आज ४ हजार १५४ रुपैयाँ कायम भएको छ, जबकि सोमबार यसको मूल्य ४ हजार ०३० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको महासंघले जनाएको छ।

