नेपाल संवत् ११४६ आजदेखि सुरु

५ कात्तिक, काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ ।‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो’, उनले भने ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ ।

 

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।

  • Related Posts

    • २०८२ पुष ९, बुधबार गते
    • 827 views
    • 0 minutes Read
    आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

    ९ पुस। जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श सुरु गरेका छन् ।…

    Read more

    • २०८२ मंसिर २८, आईतवार गते
    • 969 views
    • 0 minutes Read
    श्रीमती हराएको भन्दै उजुरी, छानबिनले खोल्यो श्रीमानकै संलग्नतामा हत्या

    २८ मंसिर । श्रीमतीको हत्या गरी बेपत्ता भएको नाटक रचेको अभियोगमा संखुवासभाको मादी गाउँपालिका निवासी प्रेम दोर्ची शेर्पा पक्राउ परेका छन्। प्रहरीका अनुसार प्रेम दोर्चीले ९ मंसिर राति करिब साढे…

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका पोस्टहरू

    आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

    • By careernepal
    • २०८२ पुष ९, बुधबार गते
    • 0
    • 827 views
    आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

    श्रीमती हराएको भन्दै उजुरी, छानबिनले खोल्यो श्रीमानकै संलग्नतामा हत्या

    • By careernepal
    • २०८२ मंसिर २८, आईतवार गते
    • 0
    • 969 views

    तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

    • By careernepal
    • २०८२ मंसिर ३, बुधबार गते
    • 0
    • 1507 views
    तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

    पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

    • By careernepal
    • २०८२ कार्तिक ३०, आईतवार गते
    • 0
    • 1417 views
    पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

    कुन मुला कहाँ, कसरी रोप्ने ?

    • By careernepal
    • २०८२ कार्तिक २५, मंगलवार गते
    • 0
    • 1525 views
    कुन मुला कहाँ, कसरी रोप्ने ?

    मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान

    • By careernepal
    • २०८२ कार्तिक २४, सोमबार गते
    • 0
    • 1554 views
    मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान