पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

पाल्पाका किसानहरू अहिले बाँदरको बढ्दो उपद्रोका कारण अझै नपकेको अवस्थामै सुन्तला बजारमा पठाउन बाध्य बनेका छन्।जिल्लाका ग्रामीण बस्ती वरिपरि अन्नबालीको कमी भइरहेकाले बाँदरको समूह निरन्तर सुन्तलाबारीमा पस्ने र फल बिगार्ने क्रम बढेपछि किसानहरू चाँडै फल टिपेर बेच्नुपर्ने अवस्थामा पुगेका हुन्।

बगनासकाली–४ का किसान गुरुदत्त अर्यालका अनुसार, खेतबारीमा अरू खेती खासै नरहेपछि बाँदरको ध्यान सुन्तलातर्फ केन्द्रित हुन थालेको छ। फल खाइदिने, भाँचिदिने र हल्लाएर झारिदिने जस्ता समस्या बढ्दै गएपछि उनीहरूले काँचोमै बिक्री सुरु केलेका छन्।सुन्तला परिपक्व हुनुअघि नै बेचना परेपछि उचित मूल्य नपाउने गुनासो किसानहरूको छ। बगनासकाली,रैनादेवी छहरा, गाउँपालिकाका धेरै बस्तीतिर अहिले किसानहरू काँचो सुन्तलाको थोक बिक्रीमा लागिरहेका छन्।जंगली जनावरको सताइरहने अवस्था र खेतमा काम गर्ने जनशक्ति घट्दै जानुले किसानहरू वैकल्पिक रूपमा अपनाइएको सुन्तला खेतीमै दबाबमा परेको बताउँछन्। दर्लमडाँडा, बगनासकाली–५ का किसान दिननाथ गैरेका अनुसार, अन्नबाली छाडेर फलफूल खेतीतर्फ मोडिएको मेहनत पनि बाँदरकै कारण जोखिममा परेको छ।

उनीहरूले सुन्तला केही समय बोटमै राख्न पाएमा राम्रो मूल्य प्राप्त गर्ने सम्भावना धेरै हुने तर जनावरबाट जोगाउन नसकिएकाले समयअघि नै बिक्री गर्नुपर्ने बाध्यता बनिरहेको बताउँछन्।हाल गाउँपालिकाका विभिन्न स्थानबाट सुन्तलाको निर्यात भइरहेको छ। किसानहरूले उत्पादन गरेको फल प्रति किलो करिब ६५ रुपैयाँमा बिक्री भइरहेको छ।किसानहरूको अनुमानअनुसार, यदि अहिलेको हरियो सुन्तला आउने एक महिना जोगाउन सकिने हो भने यसको मूल्य प्रतिकेजी १० रुपैयाँसम्म बढ्न सक्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ad