४ हजार ७९५ कैदीबन्दीको पासपोर्ट कालोसूचीमा

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई लक्षित गर्दै सरकारका तर्फबाट कडाइ गरिएको छ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार हाल ४ हजार ७९५ जना फरार कैदीबन्दीको राहदानी (पासपोर्ट) कालोसूचीमा राखिएको छ।

यीमध्ये ४ हजार २ सय २६ जना नेपाली र ५ सय २९ जना भारतीय नागरिक रहेका छन्। भदौ २४ गतेको जेनजी आन्दोलनकै समयमा देशभरका विभिन्न कारागारहरूबाट कुल १४ हजार ५४९ जना कैदीबन्दी फरार भएका थिए।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार तीमध्ये हालसम्म ९ हजार ४५३ जना पुनः कारागारमा फर्काइसकिएका छन्। उनले बताए, “केहीजना आफ्नै इच्छाले फर्किए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागारमा पठाएको हो।”

न्यौपानेका अनुसार अझै पनि बालसुधार गृहका बालअपराधीहरू समेत गरी ५ हजार १ सय ७४ जना कैदीबन्दी फरार अवस्थामा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *