साप्ताहिक राशिफल:जेठ २ गतेसम्म
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता सुरुवात र अन्त्य सकारात्मक रहनेछ। सीमित साधन प्रयोग गरेर पनि ठूला आवश्यकता पूरा गर्न सफल भइनेछ। मनमा राखेका योजना क्रमशः सफल हुने संकेत छन्। व्यापार, लगानी तथा शेयर कारोबारबाट लाभ मिल्ने सम्भावना देखिन्छ। दाजुभाइको साथले घरजग्गा वा सवारी सम्बन्धी काम अघि बढ्न सक्छ। प्रेम सम्बन्ध अझ नजिकिनेछ भने जीवनसाथीबाट राम्रो सहयोग प्राप्त हुनेछ।
मध्य सातातिर भने स्वास्थ्यमा केही कमजोरी आउन सक्छ। खानपानमा लापरवाही नगर्नु उचित हुनेछ। काममा ढिलासुस्ती वा जरिवानाको अवस्था आउन सक्ने भएकाले सावधानी आवश्यक छ। विदेश यात्रा वा वैदेशिक रोजगारीका लागि भने समय राम्रो देखिन्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साथीभाइ र आफन्तको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछन्। व्यापार, उद्योग तथा शेयर बजारबाट राम्रो आम्दानीको सम्भावना छ। शिक्षण तथा अध्ययनसँग जोडिएका व्यक्तिहरूले आर्थिक लाभ लिन सक्नेछन्। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ र दाम्पत्य जीवन सुखद रहने संकेत छ।
सप्ताहको अन्त्यतिर खर्च बढ्न सक्छ। लगानी गरेअनुसार प्रतिफल नआउँदा मन खिन्न हुन सक्छ। प्रेम सम्बन्धमा अनावश्यक शंका नगर्नु राम्रो हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता सामाजिक र धार्मिक कार्यमा सक्रियता बढ्नेछ। व्यापार तथा लगानीबाट भविष्यमा फाइदा हुने सम्भावना बलियो छ। अध्ययन, अनुसन्धान तथा नयाँ योजना सफल हुनेछन्। प्रेम सम्बन्धमा रमाइलो यात्रा वा विशेष भेटघाटको अवसर मिल्न सक्छ।
वरिष्ठ व्यक्तिको साथ र सम्मान प्राप्त हुनेछ। पारिवारिक सम्पत्ति वा सरकारी पक्षबाट लाभ मिल्ने योग छ। धार्मिक यात्राले मनमा शान्ति दिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको सुरुवातमा कामको चाप बढे पनि स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ। बाहिरी खानपानमा ध्यान दिनु आवश्यक देखिन्छ। लगानी गर्नुअघि राम्रो योजना बनाउनुपर्छ।
मंगलबार साँझपछि समय अनुकूल बन्दै जानेछ। धार्मिक, शैक्षिक तथा व्यापारिक क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। राजनीति, सामाजिक क्षेत्र तथा शेयर बजारमा सोचेर लगानी गर्दा लाभ मिल्ने संकेत छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता प्रेम सम्बन्धमा निकटता बढ्नेछ। रमाइलो यात्रा तथा पारिवारिक भेटघाटले मन खुसी रहनेछ। व्यापार, बैंकिङ तथा वित्तीय क्षेत्रमा लगानी लाभदायक बन्न सक्छ। अध्ययनमा सफलता मिल्नेछ।
बुधबार र बिहीबार भने सवारी चलाउँदा वा यात्रा गर्दा सावधानी अपनाउनुहोला। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। काम धेरै भए पनि प्रतिफल कम मिल्दा निराशा हुन सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धामा सफलता मिल्नेछ। पुराना समस्या समाधान हुँदै जानेछन्। कानुनी तथा प्रशासनिक काम तपाईंको पक्षमा आउन सक्छन्। रोजगारीमा प्रगति वा पदोन्नतिको संकेत छ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुखद रहनेछ।
साताको अन्त्यतिर आर्थिक दबाब बढ्न सक्छ। दिदीबहिनी वा आफन्तसँग मतभेद आउन सक्ने सम्भावना छ। सवारी तथा सम्पत्तिको प्रयोगमा सतर्कता आवश्यक हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक तथा सिर्जनात्मक काममा सफलता मिल्नेछ। अध्ययन, अध्यापन तथा यात्राका अवसर प्राप्त हुनेछन्। परिवारसँग रमाइलो समय बित्नेछ। सम्मान, उपहार तथा शुभकार्यमा सहभागी हुने योग देखिन्छ।
सन्तानको प्रगतिले मन खुसी बनाउनेछ। प्रेम सम्बन्धमा घुमफिर र रमाइलो क्षण बित्नेछन्। व्यापार तथा शेयर बजारमा गरिएको लगानी लाभदायक बन्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको सुरुवातमा आलोचना र विरोधको सामना गर्नुपर्ने हुन सक्छ। सवारी साधन वा सम्पत्तिको कारोबारमा सावधानी अपनाउनु उचित हुनेछ।
मंगलबार साँझपछि भने समय सुधार हुनेछ। कृषि, पशुपालन तथा व्यापारबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्ध सुदृढ बन्नेछ। सन्तानको सफलता तथा अध्ययनमा राम्रो नतिजाले उत्साह थप्नेछ। शेयर बजारमा लगानी लाभदायक बन्न सक्छ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
आफ्नो मेहनतले व्यवसायमा प्रगति गर्न सकिनेछ। दाजुभाइ तथा साथीहरूसँगको सम्बन्ध राम्रो बन्नेछ। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। अध्ययन तथा कामको सिलसिलामा यात्रा हुन सक्छ।
मध्य सातामा भने पारिवारिक मतभेद बढ्न सक्छ। हतारमा निर्णय गर्दा समस्या आउन सक्छ। पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ।
मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि)
व्यापार तथा लगानीबाट राम्रो आम्दानी हुने संकेत छन्। परिवार तथा आफन्तको साथ सहयोग प्राप्त हुनेछ। कला, साहित्य तथा ज्ञानका क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा खुसी मिल्नेछ।
दाजुभाइ तथा छिमेकीसँग सम्बन्ध सुधार हुनेछ। अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात लाग्नेछ।
सप्ताहको अन्त्यतिर पारिवारिक समस्या बढ्न सक्छ। आमाको स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। जग्गा वा सम्पत्तिसम्बन्धी विवाद आउन सक्ने सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ। पढाइ तथा प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। अवसरहरू क्रमशः तपाईंको पक्षमा आउनेछन्। राम्रो भोजन, उपहार तथा विलासी वस्तुको सुख प्राप्त हुने संकेत छन्।
बोलीको प्रभाव बढ्ने भएकाले आफ्नो विचार राखेर काम बनाउन सकिनेछ। व्यापार, निर्माण सामग्री तथा खाद्यान्नसँग सम्बन्धित व्यवसायमा लाभ मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको सुरुवातमा कानुनी तथा प्रशासनिक विषयमा सावधानी अपनाउनु आवश्यक छ। प्रेम सम्बन्धमा दूरी बढ्न सक्ने संकेत छन्। यात्रामा खर्च बढ्न सक्छ।
मंगलबार साँझपछि समय सकारात्मक बन्नेछ। अध्ययन, व्यापार तथा शेयर बजारबाट लाभ मिल्नेछ। परिवारमा सुखद समाचार आउने सम्भावना छ। नयाँ आम्दानीका स्रोत फेला पर्न सक्छन्।
सवारी साधन, कला, संगीत तथा सिर्जनात्मक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रो उपलब्धि हासिल गर्न सक्नेछन्।

