दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

 यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।

दशैंको टीका स् कुन देशमा कति बजे शुभ साइत 

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ ।पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको उत्तम साइतबारे जानबारी गराएको हो ।जस अनुसार, भारतमा ११.४९, अमेरिकाको न्युयोर्कमा ११.२५, अमेरिकाको फ्र्यांकफर्ट, केन्टुकीमा ११.७, टेक्सासमा ११.३३, क्यालिफोर्नियामा ११.११, क्यानडाको टोरेन्टोमा ११.११, अष्ट्रेलियाको सिड्निमा ११.४३ बजेको साइत उत्तम रहेको जनाएको छ ।

दशैंको टीकाको मन्त्र 

पुरुषहरुका लागि
आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञान बिदुरे भवति भावताम किर्तिश्च नारायण ॥

द्रोणको छोराको जस्तो आयु होस् , अर्थात द्रोणका छोरा अस्वस्थामा हुन् । एक पटक अस्वस्थामाले अभिमन्युकी पत्नी उत्तरालाई हतियार प्रहार गरेका हुन्छन्, यसको सरापमा भगवान कृष्णले उन्लाई ३ लाख बर्षसम्म बाँच्नै पर्ने तथ्यवाट सरापेका हुन्छन । यस भनाई वाट द्रोणका पुत्रको जस्तो आयु त एउटा प्रत्यक्ष कथन मात्र हो, अर्को तर्फ जीवनको मुल्य अनि असल कर्म गर्न पनि प्रेरित गरिएको छ ।

दशरथको जस्तो श्रीसम्पती होस् अनि राम अर्थात राघवको जस्तो शत्रुलाई परास्त पार्न सक्ने क्षमता होस् भनिएको हो ।

ऐश्वर्य नहुषे अर्थात नहुष स्वर्गका निमित्त राजा हुन् । देवराज ईन्द्रको अनुपस्थितीमा नहुषले स्वर्गमा राज गरेका हुन्छन् । आफ्नो राजकाजमा अत्यन्त बिलासी जीवन बाँचेका नहुषको जस्तो सुख ऐश्वर्य होस् भनिएको हो ।

रोचक कथन के छ भनें नहुषले ईन्द्र देव कि श्रीमती सचीको भोग गर्ने लालसा राखेका हुन्छन् र यो
दुसस्साहसकालागि उन्लाई पृथ्वीमा हजारौं बर्ष किराका रुपमा बाँच्नपर्ने श्राप लागेको हुन्छ ।
ऐश्वर्यको सिमा अनि सत्यताको वकालत पनि नहुषको उदहारणले सबैलाई यस मन्त्र मार्फत गरेको छ ।
पवन अर्थात वायुको जस्तो गति होस् भनेंर अपेक्षा गरिएको छ । घर भन्दा पर हुनुहुन्छ भनें पनि यि नेपालवाट शहने हावाका झोंकाहरुले हामीलाई अनि तपाँईलाई शिघ्रादिशिघ्र देशको माया प्रवाह गरिरहेछन् ।

त्यसै गरि दुर्योधनको जस्तो मान होस् , दुर्योधनले आफुले हार्ने जान्दाजान्दै पनि आफ्नो बचन अनि
मानका लागि महाभारत युद्ध लडेका हुन् । आफ्ना मानका खातिर रत्तिभर पनि नझुक्ने दुर्योधनको यो प्रवृतिलाई पनि मन्त्रले समावेश गरेको छ ।

सुर्यका सुत अर्थात सुर्य पुत्र कुन्तीको जस्तो दान गर्ने मनशाय र भाव होस् भनिएको हो । जन्मदै लगाएर आएका कवच पनि ईन्द्रलाई दान दिएका अनि त्यही दानका कारणले कमजोर भएक कर्णको युद्धमा पराजय र बिरगती हुनजान्छ ।

हलधर अर्थात हलो बोकेर हिड्ने बलरामको जस्तो बल होस् भनिएको हो । भीम, दुर्योधन लगायत अन्य धेरै पौराणीक पात्रहरुका कुस्ती गुरु बलरामको बलको चर्चा शास्त्रहरुले यथेस्ट गरेको छ । कुन्ती पुत्र युधीस्ठीरको जस्तो सत्यता होस् भनिएको छ, उनले जीवनकालमा केवल एकफेर मात्र झुठो बोलेका भनिएको छ । स्मरण रहोस् हिन्दु धर्मशास्त्रमा सत्य भन्नाले सत्यता मात्र नभईकन पवित्र जिवनशैली पनि हो ।

अन्तमा बिज्ञानका लागि प्रसिद्ध एकजना कलाकौशलताका धनी बिदुरलाई संवोधन गरिएको छ । उनी जस्तै कला, दर्शन अनि सिपमा कौशल रहनु भन्दै माथि उल्लेखित सबैजनाको गुण कायम होस् भनिएको हो ।

महिलाको लागि
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥
यस मन्त्रलाई आरोग्य मन्त्र पनि भनिन्छ ।
मंगलगुण कि देवी अनि सदासर्वदा विजयी जयन्तीप्रति हार्दीक नमन ।

जिवन र मृत्युकी नियन्त्रक काली माता जो समयको परिधी बाहीर छिन्, उनी प्रति नमन र मानव खप्परको माला लगाएकी कपालिनी प्रति हार्दीक नमन दुर्गतीको नाश गर्ने दुर्गा प्रति नमन अनि एकाकार र सर्बशक्तिमान शिव प्रति नमन । क्षमा की देवी क्षमा प्रति नमन, र सबै जीवकी दाती धातृ प्रति नमन, हरेक यज्ञ र दानपुण्य कि देवी स्वाहा प्रति नमन, मानवका हरेक यज्ञ दानपुण्य कि संक्ल्प देवी स्वधाप्रति
नमन ! सबैजना देवीलाई हार्दीक नमन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ad