दिल्लीमा कृत्रिम वर्षाका लागि तयारी तीव्र

   नयाँदिल्ली – राजधानी दिल्लीको प्रदूषण नियन्त्रणका लागि बिहीबार पहिलोपटक ‘क्लाउड सिडिङ’ अर्थात् कृत्रिम वर्षा परीक्षण गरिएको छ। यो प्रविधिमार्फत विमानको सहायताले बादलमा नुन वा रासायनिक पदार्थ छर्किएर वर्षा गराइने उद्देश्य राखिएको छ, जसले हावामा रहेका धुलो, धुवाँ तथा घातक कण हटाइ प्रदूषण कम हुने आशा गरिएको छ।

दिल्ली सरकारले आइआइटी कानपुरको प्राविधिक सहयोगमा बुराडी क्षेत्रको आकाशमा सेस्ना विमान प्रयोग गरी परीक्षण उडान सम्पन्न गरेको जनाएको छ। मन्त्री मञ्जिन्दर सिंह सिरसाका अनुसार परीक्षणले विमानको क्षमता, उपकरणहरूको सहनशीलता र क्लाउड सिडिङ प्रक्रियाको व्यवस्थापन प्रणाली परीक्षण गरेको छ।

मुख्यमन्त्री रेखा गुप्ताले यदि मौसम अनुकूल रह्यो भने अक्टोबर २९ मा कृत्रिम वर्षा गराउने तयारी रहेको बताइन्। उनले यसलाई दिल्लीका नागरिकका लागि स्वच्छ हावा फिर्ता ल्याउने महत्वपूर्ण प्रयास भनेकी छन्।

यद्यपि, परीक्षणमा प्रयोग गरिएको रसायनको विवरण सार्वजनिक गरिएको छैन। तीन करोडभन्दा बढी जनसंख्या भएको दिल्ली विश्वकै प्रदूषित राजधानीमध्ये अग्रस्थानमा रहेको छ। एएम–२.५ नामक सूक्ष्म कणहरू कहिलेकाहीँ स्वास्थ्य मापदण्डभन्दा ५० गुना धेरै नापिएको निगरानी निकायका तथ्यांकले देखाएको छ। दीपावलीपछिको आतशबाजीले प्रदूषण झनै बढाएको छ।

सन् १९४० दशकदेखि खडेरी नियन्त्रण, वन आगलागी रोकथाम र हवाई यातायातमा कुहिरो हटाउन प्रयोग हुँदै आएको क्लाउड सिडिङ प्रविधिको प्रभावकारिताबारे भने वैज्ञानिक समुदाय विभाजित छ। दिल्लीको यो प्रयास कति सफल हुन्छ भन्ने मूल्यांकन अझै हुन बाँकी छ।

 
 
  • Related Posts

    • २०८२ मंसिर २८, आईतवार गते
    • 969 views
    • 0 minutes Read
    श्रीमती हराएको भन्दै उजुरी, छानबिनले खोल्यो श्रीमानकै संलग्नतामा हत्या

    २८ मंसिर । श्रीमतीको हत्या गरी बेपत्ता भएको नाटक रचेको अभियोगमा संखुवासभाको मादी गाउँपालिका निवासी प्रेम दोर्ची शेर्पा पक्राउ परेका छन्। प्रहरीका अनुसार प्रेम दोर्चीले ९ मंसिर राति करिब साढे…

    Read more

    • २०८२ कार्तिक ३०, आईतवार गते
    • 1417 views
    • 0 minutes Read
    पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

    पाल्पाका किसानहरू अहिले बाँदरको बढ्दो उपद्रोका कारण अझै नपकेको अवस्थामै सुन्तला बजारमा पठाउन बाध्य बनेका छन्।जिल्लाका ग्रामीण बस्ती वरिपरि अन्नबालीको कमी भइरहेकाले बाँदरको समूह निरन्तर सुन्तलाबारीमा पस्ने र फल बिगार्ने…

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका पोस्टहरू

    आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

    • By careernepal
    • २०८२ पुष ९, बुधबार गते
    • 0
    • 827 views
    आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

    श्रीमती हराएको भन्दै उजुरी, छानबिनले खोल्यो श्रीमानकै संलग्नतामा हत्या

    • By careernepal
    • २०८२ मंसिर २८, आईतवार गते
    • 0
    • 969 views

    तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

    • By careernepal
    • २०८२ मंसिर ३, बुधबार गते
    • 0
    • 1507 views
    तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

    पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

    • By careernepal
    • २०८२ कार्तिक ३०, आईतवार गते
    • 0
    • 1417 views
    पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

    कुन मुला कहाँ, कसरी रोप्ने ?

    • By careernepal
    • २०८२ कार्तिक २५, मंगलवार गते
    • 0
    • 1525 views
    कुन मुला कहाँ, कसरी रोप्ने ?

    मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान

    • By careernepal
    • २०८२ कार्तिक २४, सोमबार गते
    • 0
    • 1554 views
    मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान