आफू भन्दा १६ बर्ष जेठी प्रेमिका सँगको प्रेम 

दशक अगाडी २९ बर्षीय उदयपुर नेपालटारका सन्तोष ले आँखामा अनेकौं सपना बोकेर लण्डनमा पाइला टेक्छ, मध्यमवर्गीय सन्तोष उच्च शिक्षा र राम्रो कामको खोजीमा सबै परिवारलाई नेपालमा छोडेर उ बिदेश पुग्छ।
लण्डनमा पुगेपछि सन्तोष लाई मात्रै होइन नयाँ जाने सबैलाई नै सुरु सुरुमा गाह्रो हुन्छ। अध्ययनको लागि लण्डन आउँदाको ॠण आफू बेरोजगारी र भाडाको घरको दबाब- यि सबै यावत कुराहरूले उकुसमुकुस हुँदा पनि उसलाई छुट छैन। आफ्नो सपना पूरा गर्नुपर्ने दिनप्रतिदिनको प्रयासले उसलाई अगाडी बढायो।
सन्तोष ले लण्डनको एउटा सानो कफीशपमा पार्टटाइम काम गर्ने गर्थ्यों, लैला त्यस कफी सपको नियमित ग्राहक थिइन। बाहिर सिमसिमे पानी त्यसमाथि घाम लागिरहेको थियोे, यता लैला ले ल्यापटप चलाउँदै आफ्नो टेवलमा कफी अर्डर गरेर बसिरहेकी थिइन। त्यस दिन सन्तोष को गल्तीले लैला को कफिमा चिनी डबल हालीदियो। सन्तोष र लैलाको कुराकानी यो सानो गल्तीबाट सुरु हुन्छ। लैलाले सन्तोष को यस गल्तीलाई मुस्कुराउँदै आउँदा दिनमा यस्तो गल्ती नगर्नु भन्दै शुभकामना दिन्छिन।
लैला एउटा आर्ट ग्यालरी क्युरेटर थिइन। सन्तोष भन्दा उनको जीवन, अनुभव र काम गर्ने जीवनशैली एकदमै फरक थियोे। सुरुमा उनिहरुमा लैला एउटी कफी ग्राहक र सन्तोष सेवक मात्रैको नाता थियोे। तर हरेक दिन कुराकानीको क्रममा उनीहरुमा एउटा सुन्दर मित्रता सिर्जना भयो। लैला बाट सन्तोष ले लण्डनको इतिहास, संस्कृति र जीवनको मार्गबारे धेरै ब्याबहारिक शिक्षा सिक्दै गयो। लैला लाई सन्तोष को सपना, उसको परिवारको कहानी र सादगी जीवनले मोहित बनायो।
सन्तोष र लैलामा १६ बर्षको उमेरको फरक, आआफ्नो भिन्दै संस्कृति हुँदा पनि यी दुबैको मानसिकता र सोचाइमा अनौठो समानता थियोे। लैला अनुभवी नारी मात्रै होइन जीवनमा एक्लो जीवन पनि बिताई रहेकी छिन भन्ने कुरा सन्तोष ले थाहा पायो। र लैलाको नजरमा सन्तोष युवा मात्रै होइन, उसमा जीवन प्रति गहिरो जोश र साहस छ भन्ने कुरा उनले बुझिन।
एकदिन सन्तोष आफुले भनेजस्तो काम नपाएर तनावमा हुँदा लैला ले उसलाई सहयोग गर्न अगाडी आइन। उनले सन्तोष लाई आफ्नो नेटवर्क प्रयोग गरेर सानो अन्तर्वार्ता लिइन। त्यो दिन साँझ “थेम्स नदि” को छेउमा हिड्दै गर्दा लैला एउटी असल साथी मात्रै होइन, उसको जीवनको एउटा आवश्यक हिस्सा पनि हुन भन्ने कुरा सन्तोष ले थाहा पायो।
साँझमा हिड्दै गर्दा सिमसिमे पानी पर्छ, सन्तोष ले आफ्नो नेपाली लाज बिर्सिएर लैला लाई आफ्नो मनको कुरा सुनाउँछ। मेरो कुनै उमेर र देशको सिमा छैन, म मात्रै तिमीलाई आफ्नो बनाउन चाहन्छु लैला भन्दै सन्तोष ले भन्यो। लैला ले सुरुमा अलि नसुनेको वा अस्वीकार गरेको जस्तो गरिन, किनकि यो सम्बन्ध समाजको नजरमा सामान्य थिएन। तर सन्तोष को आँखामा उनले आफू प्रति देखेको माया, अलिक भिन्दै थियोे।
लैला ले हाँस्दै: “तिमीलाई थाहा छ? मैले कहिल्यै तिमीले मलाई यस्तो भन्छौं भनेर सोचेकी थिइन सन्तोष” भनीन।
पुरानो रक्सी जस्तै थियोे उनीहरुको सम्बन्ध- जति दिन बित्दै थियो झन-झन उत्तिनै गाढा हुँदै गयो। सन्तोष ले पढाइ सकेर अब राम्रो जागिर पाको छ। अनि लैला र सन्तोष बिचको त्यो फरक सांस्कृतिक सम्बन्धले लण्डनको मुटुमा नयाँ प्रेम कथा सृजना गरेको छ। शिक्षाको खोजीमा बिदेश आए पनि मायाको एउटा भिन्दै नयाँ संसार पाएँ भनेर सन्तोष ले बुझ्न थालेको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *