मन्त्रिपरिषद्का सात मुख्य निर्णय सार्वजनिक

२४ कात्तिक, काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सात महत्वपूर्ण निर्णयहरू गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको नियमित बैठकका निर्णयबारे सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई सिफारिस गर्ने निर्णय भएको छ ।

  सोही बैठकले भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । भदौ २३ र २४ का घटनाको छानबिन आयोगका लागि थप कर्मचारी उपलब्ध गराउने निर्णय पनि भएको छ । साथै, भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत नवौं कोअर्डिनेशन बैठकमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको संयोजकत्वमा टोली स्वीकृत गरिएको छ । कर्णालीमा फागुन १ देखि ७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

Related Posts

  • २०८२ पुष ९, बुधबार गते
  • 827 views
  • 0 minutes Read
आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

९ पुस। जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श सुरु गरेका छन् ।…

Read more

  • २०८२ मंसिर २८, आईतवार गते
  • 969 views
  • 0 minutes Read
श्रीमती हराएको भन्दै उजुरी, छानबिनले खोल्यो श्रीमानकै संलग्नतामा हत्या

२८ मंसिर । श्रीमतीको हत्या गरी बेपत्ता भएको नाटक रचेको अभियोगमा संखुवासभाको मादी गाउँपालिका निवासी प्रेम दोर्ची शेर्पा पक्राउ परेका छन्। प्रहरीका अनुसार प्रेम दोर्चीले ९ मंसिर राति करिब साढे…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटेका पोस्टहरू

आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

  • By careernepal
  • २०८२ पुष ९, बुधबार गते
  • 0
  • 827 views
आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

श्रीमती हराएको भन्दै उजुरी, छानबिनले खोल्यो श्रीमानकै संलग्नतामा हत्या

  • By careernepal
  • २०८२ मंसिर २८, आईतवार गते
  • 0
  • 969 views

तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

  • By careernepal
  • २०८२ मंसिर ३, बुधबार गते
  • 0
  • 1507 views
तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

  • By careernepal
  • २०८२ कार्तिक ३०, आईतवार गते
  • 0
  • 1417 views
पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

कुन मुला कहाँ, कसरी रोप्ने ?

  • By careernepal
  • २०८२ कार्तिक २५, मंगलवार गते
  • 0
  • 1525 views
कुन मुला कहाँ, कसरी रोप्ने ?

मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान

  • By careernepal
  • २०८२ कार्तिक २४, सोमबार गते
  • 0
  • 1554 views
मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान