रासायनिक मल आपूर्तिमा बजेट अभाव, अझै १० अर्ब आवश्यक

         चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले रासायनिक मल खरिदका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त बजेटबाट करिब ६ लाख टन मल आयात गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म ४ लाख ७१ हजार टन मात्र टेन्डर भएको कृषि मन्त्रालयले जनाएको छ ।नेपालमा वार्षिक करिब १३ लाख टन मलको आवश्यकता भए पनि आधा मात्र आयात लक्ष्य राखिँदै आएको छ । मन्त्रालयका अनुसार अहिले तत्काल मलको अभाव छैन तर आगामी धान सिजनका लागि बजेट अभाव चुनौती बन्ने देखिन्छ । कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र सीमित बजेटका कारण लक्ष्य पूरा गर्न करिब १० अर्ब रुपैयाँ थप आवश्यक छ ।हाल युरिया, डीएपी र पोटास गरी झण्डै १ लाख २२ हजार टन मल मौज्दात रहेको कम्पनीले जनाएको छ । तर, मल खरिद प्रक्रिया लामो हुने र मूल्य वृद्धि भइरहेकाले आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले पनि हाल मलको अभाव नरहेको जनाउँदै बजेट अभावका कारण मागअनुसार आपूर्ति गर्न कठिनाइ हुने बताएको छ ।कृषि मन्त्रालयले भने बजेट अभावबारे अर्थ मन्त्रालयमा पत्राचार गरी करिब १० अर्ब रुपैयाँ थप विनियोजनको अनुरोध गरेको छ । मन्त्रालयका अनुसार बजेट थप भएमा मात्र लक्ष्यअनुसार मल आयात सम्भव हुनेछ ।

  • Related Posts

    • २०८२ पुष ९, बुधबार गते
    • 827 views
    • 0 minutes Read
    आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

    ९ पुस। जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श सुरु गरेका छन् ।…

    Read more

    • २०८२ मंसिर २८, आईतवार गते
    • 969 views
    • 0 minutes Read
    श्रीमती हराएको भन्दै उजुरी, छानबिनले खोल्यो श्रीमानकै संलग्नतामा हत्या

    २८ मंसिर । श्रीमतीको हत्या गरी बेपत्ता भएको नाटक रचेको अभियोगमा संखुवासभाको मादी गाउँपालिका निवासी प्रेम दोर्ची शेर्पा पक्राउ परेका छन्। प्रहरीका अनुसार प्रेम दोर्चीले ९ मंसिर राति करिब साढे…

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका पोस्टहरू

    आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

    • By careernepal
    • २०८२ पुष ९, बुधबार गते
    • 0
    • 827 views
    आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

    श्रीमती हराएको भन्दै उजुरी, छानबिनले खोल्यो श्रीमानकै संलग्नतामा हत्या

    • By careernepal
    • २०८२ मंसिर २८, आईतवार गते
    • 0
    • 969 views

    तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

    • By careernepal
    • २०८२ मंसिर ३, बुधबार गते
    • 0
    • 1507 views
    तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

    पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

    • By careernepal
    • २०८२ कार्तिक ३०, आईतवार गते
    • 0
    • 1417 views
    पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

    कुन मुला कहाँ, कसरी रोप्ने ?

    • By careernepal
    • २०८२ कार्तिक २५, मंगलवार गते
    • 0
    • 1525 views
    कुन मुला कहाँ, कसरी रोप्ने ?

    मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान

    • By careernepal
    • २०८२ कार्तिक २४, सोमबार गते
    • 0
    • 1554 views
    मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान