तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

   आज मार्ग कृष्णपक्षको चतुर्दशी तिथि रही बिहान ९ बजेर १ मिनेटपछि औँसी लाग्नेछ। स्वाती नक्षत्र बिहान ८ बजेर २२ मिनेटसम्म रहने र त्यसपछि विशाखा नक्षत्र प्रारम्भ हुने उल्लेख छ। सौभाग्य योग बिहान १० बजेर १५ मिनेटसम्म प्रभावी रहनेछ भने त्यसपछि शोभन योग लाग्ने जनाइएको छ । आज तुला राशिमा चन्द्रमाको गोचर रहेको छ ।सूर्योदय बिहान ६ः२९ बजे र सूर्यास्त ५ः०८ बजे हुने भएकोले दिनमान करिब २६ घडीभन्दा बढी रहनेछ। बालाचतुर्दशीका कारण आज धार्मिक स्थलहरूमा विशेष भीड हुनेछ।

मेष
आज मेष राशिका व्यक्तिले आर्थिक क्षेत्रमा सशक्त प्रगति गर्न सक्ने बकतचययिनभचक को विश्लेषण छ। शेयर तथा व्यापारतर्फको लगानी बढाइएमा राम्रो नतिजा प्राप्त हुनसक्ने देखिन्छ। अध्ययनमा फुर्तिलो ऊर्जा रहनेछ भने दाम्पत्य तथा प्रेम सम्बन्धमा आत्मीयता बढ्ने संकेत छन्। धार्मिक तथा सांस्कृतिक गतिविधितर्फ झुकाव अझ बढ्ने सम्भावना छ।

वृष
वृष जातकका लागि आज कानुनी तथा प्रशासनिक विषयअनुकूल रहने दिन हो। परीक्षा वा प्रतिस्पर्धामा उभिनेहरूले प्राप्त हुने नतिजामा सकारात्मकता देखिनेछ। आर्थिक पक्ष सुदृढ हुँदै जानेछ भने पुराना असहजता तथा स्वास्थ्य समस्याबाट राहत मिल्ने योग बनिरहेको छ। प्रेम सम्बन्धमा विश्वास र सामिप्यता बढ्नेछ।
मिथुन
मिथुन राशिका व्यक्तिले आज आफन्त तथा नजिकका मानिसहरूको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न गर्न सक्छन्। ज्ञान तथा बौद्धिक क्षमताको प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर देखा पर्न सक्छन्। राज्य–पद सम्बन्धी काममा गतिशीलता देखिनेछ भने धार्मिक सोच प्रवाहमा वृद्धि हुनसक्छ।

कर्कट
कर्कट जन्मकुण्डली भएकाले आज राजनीतिक तथा सामाजिक गतिविधिमा सावधानी आवश्यक छ। आलोचनाबाट बच्न व्यवहारिक कूटनीति अपनाउनु राम्रो हुन्छ। भौतिक साधन तथा सवारीसामग्रीको प्रयोगमा सतर्कता आवश्यक देखिन्छ। तर कृषि तथा पशुपालनमा सक्रिय रहेका व्यक्तिका लागि उपयुक्त मौका देखिन्छ।
सिंह
सिंह राशिले आज प्रतिस्पर्धा तथा चुनौतीपूर्ण गतिविधिमा अपेक्षित उपलब्धि हासिल गर्न सक्छन्। कला, साहित्य तथा अभिव्यक्तिसम्बन्धी क्षेत्रमा रुचि बढ्नेछ। नजिकका आफन्तको हातबाट व्यापारमा सहकार्य प्राप्त हुने संकेत छ। आध्यात्मिक अभ्यास तथा सकारात्मक सोचले दिनलाई सहज बनाइदिनेछ।
कन्या
कन्या राशिका लागि आर्थिक लाभ मुख्य आकर्षण बन्न सक्नेछ। शेयर वा व्यापारमा गरिएको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ। परिवार तथा नातेदारसँग समय बिताउने अवसर मिल्नेछ। अभिव्यक्तिमा प्रभावशाली ऊर्जा रहने भएकाले धेरैको मन जित्न सकिनेछ।
तुला
तुला जातकहरूले सामाजिक सद्भाव तथा नेतृत्व क्षमताको राम्रो प्रदर्शन गर्नसक्नेछन्। प्रविधिमैत्री योजना तथा नयाँ कामका प्रयास सफल हुने देखिन्छ। खेलकुद तथा अन्य सार्वजनिक क्रियाकलापमा दस्तखत जमाउन सकिनेछ। लगानीतर्फ विस्तार गर्नेहरूका लागि समय सकारात्मक छ।
वृश्चिक
आज वृश्चिकका लागि आर्थिक जोखिम बढ्नेछ । अनावश्यक खर्च तथा स्वास्थ्य उपचारतर्फ ध्यान दिन आवश्यक छ। अध्ययनमा फुर्तिलोपन कमजोर हुनसक्छ। तर विदेश सम्बन्धी कार्य, धार्मिक–सामाजिक परियोजना तथा खेल क्षेत्रमा अवसर बलियो देखिएको छ।

धनु
धनु राशिका व्यक्तिले घर–परिवारको सहयोगले उल्लेखनीय प्रगति गर्न सक्छन्। व्यापारिक क्षेत्रमा थोरै लगानी गरे पनि प्राप्त हुने नाफा सुखद हुनसक्छ। प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ। मनोरञ्जन तथा यात्रा कार्यक्रमका लागि उपयुक्त समय मानिन्छ।

मकर
मकर राशिका लागि सामाजिक प्रतिष्ठा वृद्धि हुने दिन हो। नयाँ व्यापारिक प्रस्तावहरू प्राप्त हुनसक्छन्। शिक्षा तथा यात्रासम्बन्धी योजनामा प्रगति देखिन्छ। कृषि तथा पशुपालनमा लगानी गर्नेहरूका लागि समय अझ राम्रो छ।

कुम्भ
कुम्भ व्यक्तिको आजको केन्द्रबिन्दु अध्ययन, यात्रा तथा अनुसन्धान रहनेछ। व्यापार तथा शेयर बजारबाट प्रतिकूल नभई अनुकूल नै परिणाम आउने देखिन्छ। प्रशासनिक क्षेत्रमा मान–सम्मानको वातावरण बन्नसक्छ। माया–प्रेममा स्थिरता देखा पर्न सक्छ।

मीन
मीन राशिका व्यक्तिका लागि आज केही चुनौतीपूर्ण घडी देखिन्छ। परिश्रमको नतिजा ढिलो प्राप्त भए पनि अन्त्यमा लाभदायक अवसर देखा पर्न सक्छन्। स्वास्थ्य, ऋण तथा पारिवारिक सम्बन्धमा सावधानी आवश्यक छ। यद्यपि, अप्रत्याशित रूपमा धन वा समर्थन प्राप्त हुने योग खुला रहेको छ ।

Related Posts

  • २०८२ कार्तिक २४, सोमबार गते
  • 1588 views
  • 0 minutes Read
आजको राशिफल : तपाईंको सोमबार शुभ रहोस् !

आज सिद्धार्थी संवत्सर, शरद ऋतु र दक्षिणायनमा परेको सोमबार हो। मार्ग कृष्णपक्षको षष्ठी तिथि र पुनर्वशु नक्षत्र रहेको आज सूर्य बिहान ६:२२ मा उदाउनेछ भने बेलुकी ५:१२ मा अस्ताउनेछ। राहुकाल…

Read more

  • २०८२ कार्तिक १९, बुधबार गते
  • 2051 views
  • 0 minutes Read
आजको राशिफल (बुधबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् 

वि.सं. २०८२ साल कार्तिक १९ गते, बुधबार । इस्वी सन् २०२५ नोभेम्बर ५ तारिख । आजको चन्द्रराशि मेष रहेको छ ।  🔹 शुभ बेला: बिहान ९:०३ देखि १०:२४ र दिउँसो…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटेका पोस्टहरू

आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

  • By careernepal
  • २०८२ पुष ९, बुधबार गते
  • 0
  • 826 views
आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

श्रीमती हराएको भन्दै उजुरी, छानबिनले खोल्यो श्रीमानकै संलग्नतामा हत्या

  • By careernepal
  • २०८२ मंसिर २८, आईतवार गते
  • 0
  • 968 views

तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

  • By careernepal
  • २०८२ मंसिर ३, बुधबार गते
  • 0
  • 1507 views
तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

  • By careernepal
  • २०८२ कार्तिक ३०, आईतवार गते
  • 0
  • 1416 views
पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

कुन मुला कहाँ, कसरी रोप्ने ?

  • By careernepal
  • २०८२ कार्तिक २५, मंगलवार गते
  • 0
  • 1524 views
कुन मुला कहाँ, कसरी रोप्ने ?

मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान

  • By careernepal
  • २०८२ कार्तिक २४, सोमबार गते
  • 0
  • 1554 views
मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान