कुन मुला कहाँ, कसरी रोप्ने ?

      बुटवल । नेपालमा तरकारीको रूपमा अत्यन्तै लोकप्रिय बाली मुला अहिले देशका विभिन्न भूभागमा नगदे बालीको रूपमा पनि फैलँदो छ । यो बाली खेतबारीमा एकल रूपमा मात्र होइन, अन्य तरकारीसँग मिसाएर वा छेउछाउमा पनि लगाउन सकिन्छ । मुलाको प्रयोग प्राचीनकालदेखि हुँदै आएको मानिन्छ र जङ्गली प्रजातिहरू भूमध्यसागरीय क्षेत्रसम्म पाइन्छन् । नेपालमा मुला सलाद, अचार, सिन्की, तरकारी र सुकाएका चाना बनाउन प्रयोग गरिन्छ । पोषणका हिसाबले यो तरकारीमा भिटामिन, जैविक रस, क्याल्सियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ, जसले पाचन प्रक्रियालाई सहज बनाउँछ ।

हावापानी र माटो

मुलाको सफल खेतीका लागि १८ देखि २४ डिग्री सेल्सियससम्मको तापक्रम र पर्याप्त प्रकाश आवश्यक पर्छ । माटोमा ६०–७० प्रतिशतसम्मको चिस्यान हुनुपर्छ र माटो जैविक पदार्थयुक्त बलौटे दोमट हुनु उपयुक्त मानिन्छ । अत्यधिक सुख्खा वा चिस्यानयुक्त माटोमा मुला फाट्ने, डुकु निस्कने र स्वादमा पिरोपन बढ्ने समस्या देखापर्छ ।

वानस्पतिक विवरण

मुलाको खाद्य भाग यसको मोटो जरा हो, जुन बीउबाट विकास हुन्छ । शुरूमै मसिनो जरा पलाएर त्यसमा पौष्टिक पदार्थ जम्मा हुँदै जान्छ । बिरुवामा टाउको, घौटी र जरा गरी तीन भाग हुन्छन् । टाउकोमा पात र डाँठ हुन्छ, घौटी भाग हाइपोकोटाइलबाट विकसित हुन्छ र तेस्रो भागमा मुख्य जरा हुन्छ ।

जात र क्षेत्रअनुसार खेती

नेपालमा उष्ण र समशीतोष्ण क्षेत्रअनुसार विभिन्न जातका मुला खेती गरिन्छ । एशियाली जातका मुला लामो र ठूला हुने, युरोपेली जातका मुला साना र केही पिरो हुने विशेषता राख्छन् ।

तराई, पहाड र लेक क्षेत्रका लागि फरक–फरक समयमा बाली लगाइन्छ ।

  • लेक क्षेत्रमा वैशाखदेखि साउनसम्म रोपिन्छ र भदौ–असोजमा तयार हुन्छ ।

  • पहाडमा भदौ–असोजमा रोपेर असोज–पुसमा मुला टिपिन्छ ।

  • तराईमा भदौ–कार्तिकमा बीउ रोप्दा मंसिर–माघमा बाली तयार हुन्छ ।

नेपालमा बारा, खोटाङ, नवलपरासी, चितवन, काभ्रे, रौतहट, सिन्धुली र नुवाकोट व्यावसायिक मुला खेतीका प्रमुख जिल्ला हुन् ।

जग्गा तयारी र मलखाद

मुलाको खेतीका लागि २०–३० से.मि. गहिराइसम्म माटो जोतिनुपर्छ । प्रत्येक रोपनीमा करिब एक टन गोबर मल हाल्नुपर्छ । रासायनिक मलको रूपमा ५ के.जि. नाइट्रोजन, ३ के.जि. फस्फोरस र ४ के.जि. पोटास आवश्यक हुन्छ । डल्ला फुटाएर माटो बुरबुराउँदो बनाउँदा मुलाको आकार राम्रो हुन्छ । नकुहिएको मल प्रयोग गर्न नहुने सल्लाह कृषि प्राविधिकहरूले दिएका छन् ।

बीउ रोपण

मुला सामान्यतः ड्याङ ड्याडमा रोपिन्छ । साना जातका मुला (जस्तै चालिस दिने) बाक्लो रोपिन्छन् भने ठूला उष्ण प्रदेशीय मुला ४५ × २५ से.मि. दुरीमा लगाइन्छ । खेतमा ७५ से.मि. फरकमा ड्याड बनाइ बीउ दुई लाइनमा खसालिन्छ । एक रोपनीमा करिब २५०–३०० ग्राम बीउ आवश्यक पर्छ । बीउ २ से.मि. गहिराइमा छर्नुपर्छ ।

गोडमेल र सिंचाइ

बाली बढ्दै जाँदा झारपात नियन्त्रण र माटो खुकुलो बनाउन गोडमेल गर्नुपर्छ । यसै क्रममा युरिया टपड्रेस गर्दा बिरुवाको वृद्धि राम्रो हुन्छ । वर्षायाममा सिंचाइको आवश्यकता नपर्ला पनि सुख्खा मौसममा ३–४ पात भएपछि हल्का सिंचाइ गर्नुपर्छ । अत्यधिक सुख्खा वा धेरै चिस्यान दुबै अवस्थामा मुलाको वृद्धि प्रभावित हुन्छ ।

रोग र कीराको नियन्त्रण

मुलामा लाही र उफ्रिने खपटे जस्ता कीराले क्षति पुर्याउँछन् । लाहीले पातमा रस चुसी बिरुवा कमजोर बनाउँछ । यसको नियन्त्रणका लागि निमजन्य जैविक विषादी वा मालाथियनजस्ता सुरक्षित कीटनाशक प्रयोग गर्न सकिन्छ । रोगमध्ये कालो कुहिने रोग प्रमुख हो, जसले पातदेखि जरा कुहाउँछ । यसबाट बच्न बीउलाई ५० डिग्री सेन्टिग्रेड तातो पानीमा ३० मिनेटसम्म भिजाएर उपचार गर्नुपर्छ ।

बाली उत्पादन र टिपाइ

मुलाको विभिन्न जात ३० देखि ७० दिनमा तयार हुन्छन् । कलिलो अवस्थामा टिप्दा स्वाद राम्रो र बजार मूल्य उच्च हुन्छ । ढिलो टिप्दा मुला काठिनु र स्वाद बिग्रने समस्या आउँछ । युरोपेली साना मुलाले प्रतिरोपनी करिब ४ सय किलो उत्पादन दिन्छ भने ठूला एशियाली जातका मुलाले १५ सयदेखि २५ सय किलोसम्म उत्पादन दिन सक्छन् ।

भण्डारण र बजार व्यवस्था

ताजा मुला ५–७ दिनसम्म भण्डारण गर्न सकिन्छ । केही किसानले मुला काटी सुकाएर चाना बनाउँछन्, जुन तरकारी अभावको मौसममा प्रयोग गर्न सकिन्छ । मुला खेती गर्ने कृषकले मुठा पारी खेतमै थोक व्यापारीलाई वा बजारमा सीधै बिक्री गर्छन् ।

नेपालमा जैविक मल र उचित सिंचाइ प्रणाली अपनाएर गरिएको मुला खेतीले किसानलाई छोटो अवधिमै राम्रो आम्दानी दिने गरेको कृषि प्राविधिकहरूको भनाइ छ ।

Related Posts

  • २०८२ कार्तिक ३०, आईतवार गते
  • 1416 views
  • 0 minutes Read
पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

पाल्पाका किसानहरू अहिले बाँदरको बढ्दो उपद्रोका कारण अझै नपकेको अवस्थामै सुन्तला बजारमा पठाउन बाध्य बनेका छन्।जिल्लाका ग्रामीण बस्ती वरिपरि अन्नबालीको कमी भइरहेकाले बाँदरको समूह निरन्तर सुन्तलाबारीमा पस्ने र फल बिगार्ने…

Read more

  • २०८२ कार्तिक २४, सोमबार गते
  • 1554 views
  • 0 minutes Read
मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान

    गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने “मौलिक ९कोसेली० घर” निर्माण कार्यको सोमबार एक विशेष समारोहबीच शिलान्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–९…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटेका पोस्टहरू

आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

  • By careernepal
  • २०८२ पुष ९, बुधबार गते
  • 0
  • 827 views
आयोगको बयान आह्वानपछि रमेश लेखक देउवासँग छलफलमा

श्रीमती हराएको भन्दै उजुरी, छानबिनले खोल्यो श्रीमानकै संलग्नतामा हत्या

  • By careernepal
  • २०८२ मंसिर २८, आईतवार गते
  • 0
  • 969 views

तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

  • By careernepal
  • २०८२ मंसिर ३, बुधबार गते
  • 0
  • 1507 views
तपाईको आजको (बुधबार राशिफल ) भाग्य कस्तो छ ? तपाईँको दिन शुभ रहोस् ।

पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

  • By careernepal
  • २०८२ कार्तिक ३०, आईतवार गते
  • 0
  • 1416 views
पाल्पामा बाँदरको आक्रमणपछि समयअगावै सुन्तला बिक्री सुरु

कुन मुला कहाँ, कसरी रोप्ने ?

  • By careernepal
  • २०८२ कार्तिक २५, मंगलवार गते
  • 0
  • 1525 views
कुन मुला कहाँ, कसरी रोप्ने ?

मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान

  • By careernepal
  • २०८२ कार्तिक २४, सोमबार गते
  • 0
  • 1554 views
मौलिक (कोसेली) घरको शिलान्यास , विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान